काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
देशभर १२ हजार ४ सय ४ जनाको परीक्षण गर्दा ५ सय ६५ जनामा पीसीआर र १३ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी देशभर थप ८ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७५ हजार ९ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा १५ हजार २४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया