बुटवलको मोतिपुर औधोगिक क्षेत्रमा गोली चल्यो

लोकपथ
805
Shares

काठमाडौं । रुपन्देहीको बुटवलमा रहेको मोतिपुर औधोगिक क्षेत्रमा गोली चलेको छ ।

आइतबार (आज) दिँउसो स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् ।

औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको हो । स्थानीयहरु आक्रोशित भएपछि त्यहाँको सुरक्षाव्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?