काठमाडौं । गजेन्द्र हमालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको कोटाबाट हमाल मन्त्री बनेका हुन्।
नवनियुक्त मन्त्री हमालको नाम प्रधानन्यायाधीश चोलन्द्र शमशेर राणसँग जोडिएको छ । मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको समेत भाग लागेको भन्दै आलोचना भएको थियो ।
यसैबीच प्रधानन्यायाधीश राणाका नातेदार पर्ने हमाल मन्त्री बनेका हुन् । यद्यपी प्रधानन्यायाधीश राणाले आफूले मन्त्रिमण्डल विस्तारमा कुनै दाबी नगरेको भन्दै न्यायालयलाई राजनीतिक भागबन्डामा जोड्न नहुने बताइरहेका छन् ।
हमालसहित नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ ग्रहण गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया