काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारमा जाने सांसदहरुको नाम टुंगो लगाएको छ ।
बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्री हुनेहरुको नाम टुंग्याएको हो ।
बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।
गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्ने आरोप आइरहेको छ । असार २९ गते देउवाले माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया