मन्त्रीहरुको नाम टुंग्याउन कांग्रेसका शीर्ष नेताहरुको बैठक

लोकपथ
91
Shares
file photo

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको छ ।

मन्त्रीहरुको नाम टुंग्याउनका लागि बुधबार दिउँसो शीर्ष कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बसेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा यसअघि नै छलफलमा आएका नेताहरुको नामका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तारमा संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने यसअघि छुट्टै बैठक बसेको थियो । पौडेल पक्षले आफूहरुलाई मन्त्रालयको भागबन्डाको विषयमा कुरा गर्ने स्रोतले जनाएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले मन्त्रीमण्डललाई पूर्णता दिन नसकेको भन्ने आरोप आइरहेको छ । यसैबीच अन्य दलहरुले समेत मन्त्रीहरुको नाम टुंग्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?