डँडेलधुरा विवाद : केसी, कोइरालालगायतको उपस्थितिमा अनशन स्थगित

लोकपथ
52
Shares

काठमाडौं । जिल्लामा क्रियाशील सदस्यता विवाद हुँदाहुँदै अधिवेशन भएसँगै अनसनमा बसेका डँडेलधुरा कांग्रेसका नेता कार्यकर्ताहरुले अनशन तोडेका छन् ।

आइतबार अनसनरत नेता कार्यकर्ताहरुले अनसन तोडेका हुन् ।

आज पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू शेखर कोइराला र गुरूराज घिमिरेलगायत नेता पुगेर सम्बोधन गरेपछि तत्कालका लागि रिले अनसन स्थगित भएको हो ।

जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले क्रियाशील विवाद समाधान गरी फेरि वडा अधिवेशन गर्न माग गर्दै ११ दिनदेखि रिले अनशन गरेका थिए।

डडेल्धुरामा क्रियाशील सदस्यतामा देखिएको विवाद नटुंग्याउँदै गत भदौ २५ मा सभापति शेरबहादुर देउवा पक्षले वडा अधिवेशन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अधिवेशनमा सहभागी भएको थिएन।

आफ्ना मागहरु पूरा नभएमा दशैँपछि पुनः अनसन बस्ने नेताहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?