प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित

बुटवल । विद्युत आपूर्ति बन्द भएपछि प्रदेश ५ को प्रदेशसभा बैठक प्रभावित भएको छ । 

सडक क्षेत्र मिचेर बनाइएका घरहरुमा डोजर चलाउन विद्युत प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशसभा बैठक प्रभावित भएको थियो । 

बुटवल खयरघारीस्ति बुटवल उद्योग वाणिज्य संघको भवनमा प्रदेशसभा बैठक हल छ । 

त्यस्तै बुटवलको चौराहादेखि चिडियाखोलासम्म सडक क्षेत्र मिचेर बनाइएको ३ सय भन्दा बढी घरमा डोजर लगाएर भत्काउनका लागि विद्युत् प्राधिकरणले बुधबार सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेको हो ।

सभाहलमा विद्युत आपूर्ति नभएपछि बैठक प्रभावित भएको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १ः१५ बजे सुरु भएपनि सुरु हुना साथ विद्युत् आपूर्ति नभएको भन्दै सभामुख पूर्णबहादुर घर्तीले विद्युत उपलब्ध नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

प्रदेशसभाका सचिव डा. मानबहादुर विकले जनाए अनुसार आज बस्ने बैठकमा गाउँसभा तथा नगरसभा सञ्चालन सम्बन्धी विधेयक टेबुल हुने र यसअघि प्रस्तुत गरिएका लिखत प्रमाणीकरण विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको बताए ।

त्यस्तै बैठकमा सांसदहरुलाई समसामयिक विषयमा आफ्नो धारणा राख्नका लागि ३ मिनेट समय छुट्टाइएको थियो ।    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?