नेपालमा कोरोना : ८ सय ६७ संक्रमित थपिए, कति भए संक्रमणमुक्त ? (विवरणसहित)

लोकपथ
231
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कुल ८ हजार २ सय १९ जनाको परीक्षण गर्दा ६ सय ५९ जनाको पीसीआर र २०८ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १ सय २३ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६७ हजार ८ सय १९ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण ९ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा १७ हजार ६ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?