कतै महत्वपूर्ण समाचारहरु छुटाउनु भयो कि ? हेर्नुहोस् आजका टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
98
Shares

१. नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु, ३ दिनसम्म चल्ने विधान महाधिवेशनले पार्टीको आगामी कार्यदिशा तयार गर्ने

२. एमाले अध्यक्ष ओलीद्वारा आफ्नो नेतृत्वको सरकारलाई माधव नेपाल र प्रचण्डले घेराबन्दी गरेर ढालेको आरोप, एमाले नेकपाको बिरासत भएको दाबी

३. सर्वोच्च अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले पाए सफाइ, मुद्दामा निवेदकको मागदाबी नपुगेको सर्वोच्चको ठहर

४. विधान महाधिवेशनमा एमाले अध्यक्ष ओलीद्वारा राजनीतिक प्रस्ताव पेस, मधेसवादी दलले संविधान निर्माणका बेला बाह्य हस्तक्षेपको माग गरेको आलीको आरोप

५. सरकारमा संलग्न पाँचै दल आगामी निर्वाचनसम्म मिलेर जाने विषयमा छलफल भइरहेको माओवादी अध्यक्ष प्रचण्डको भनाइ, विचार मिल्नेसँग छलफल जारी राख्न कार्यकर्तालाई आग्रह

६. स्वास्थ्य मापदण्ड पालना गरेर सभासम्मेलन गर्न रोक नलगाइएको काठमाडौं प्रशासनको प्रस्टोक्ति, कोरोना संक्रमण जोखिम कायमै रहेको भन्दै सावधानी अपनाउन आग्रह

७. पहिलो पटक २ नेपाली महिलाद्वारा विश्वको सातौँ अग्लो धौलागिरी हिमाल सफल आरोहरण, पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामु शेर्पाले रचे इतिहास

८. बितेको २४ घण्टा गरिएको १३ हजार ३ सय ६८ परीक्षणमा थप एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि, ९ सय ३८ जना संक्रमणमुक्त, १३ जनाको मृत्यु

९.सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर आज ४ दशमलव २ रेक्टर स्केलको भूकम्प, २०७२ को विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५ सय ५९ पराकम्प गए

१०. जनहितका योजना अगाडि बढाउन जनाप्रतिनिधिमूलक संस्थालाई राष्ट्रपति भण्डारीको सुझाव, भौतिकसँगै मानवीय विकासलाई प्राथमिकतामा राखेर काम गर्न जोड

११. दशैँ नजिकिएसँगै बजारमा बढ्यो चहलपहल, दशैँका सामग्री खरिद गर्नेको भीड

१२. भारतीय नम्बर प्लेटको सवारीसाधनलाई नेपाल प्रवेश गर्न सरकारको अनुमति, कोरोनाका कारण विगत डेढ वर्षदेखि नेपाल भित्रिन लगाइएको रोक अबदेखि खुला

१३. अफगानिस्तानको तालिबान सरकारको व्यवहार निराशाजनक भएको कतारको टिप्पणी, महिलाको शिक्षामाथि रोक लगाएको भन्दै तालिबानीसँग रिसायो कतार

१४. जापानकी राजकुमारी माको आफ्ना प्रेमी केइ कोमुरोसँग चाँडै विवाह बन्धनमा बाँधिने, विवाहपछि राजकुमारीको उपाधि त्यागेर सर्वसाधारणसरह जीवनयापन गर्ने

१५. र दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३औँ संस्करण आजबाट सुरु, नेपालले आज माल्दिभ्सको सामना गर्दै

https://www.facebook.com/lokpath/videos/4547287945327855

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?