प्रदेश १ मा १ सय ८७ कोरोना संक्रमित थपिए

RSS
126
Shares

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १८७ कोरोना संक्रमित थपिएका छन् ।

१ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ तथा ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ५१, झापामा ५१, सुनसरीमा २७, इलाम र धनकुटामा तीन तीन तथा ताप्लेजुङ र तेह्रथुममा एक एक जनामा कोरोना देखिएको हो ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ९६ महिलासहित १९१ जना कोरोनाबाट मुक्त भएका छन् । सो अवधिमा कोरोनाबाट एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?