नेपालमा कोरोना : हालसम्म कति पुगे मृतक संख्या ? थपिए १ हजार बढी संक्रमित (तथ्यांकसहित)

लोकपथ
56
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ७ सय ६५ जनाको परीक्षण गर्दा ८ स य ९८ जनामा पीसीआर र १८० जनामा एन्टीजेन पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ९ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६५ हजार ७ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालससम्म नेपालमा हालसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ ।

हाल नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ६८ रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?