सेती प्रादेशिक अस्पताललाई ३ सय शैयाको बनाउने तयारी

लोकपथ
70
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई तीन सय शैयाको बनाउन प्रकृया अघि बढाएको छ ।

प्रदेशको मन्त्रीपरिषद्को आज बसेको बैठकले सेती प्रादेशिकलाई तीन सय शैया बनाउन विस्तृत परियोजना अध्ययन (डीपीआर) प्रतिवेदन तयार गरी त्यसको अनुमानित लागत, डिजाईन र टेण्डरका लागि समेत गरी एक करोड रुपैया स्वीकृत गरेको छ ।

प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सेती प्रादेशिक अस्पताललाई तीन सय शैयाको बनाउन प्रकृया थालिएको जानकरी दिईन् । प्रवक्ता जोशीका अनुसार मन्त्री परिषद्को बैठकले सुदूर पश्चिम प्रदेश लोक सेवा आयोगको २०७७र७८ को वार्षिक प्रतिबेदन प्रदेश सभामा पेश गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी प्रदेश उच्च शिक्षाको संभाव्यता अध्ययनका लागि गठन भएको कार्यदललाई समेत बैठकले पूर्णता दिएको छ।

प्राविधिक शिक्षाबीद डा. खेमराज जोशीको संयोजकत्वमा नौ सदस्यीय कार्यदलले आजको बैठकबाट पूर्णता पाएको छ । त्यसैगरी मन्त्री परिषद्को बैठकले सुदूरपश्चिमको डोटी, डडेल्धुरा र कञ्चनपुरमा प्रदेश लेखा ईकाई कार्यालय गठन गर्ने र तीन वटै कार्यालयमा ५र५ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?