१. बितेको २४ घण्टामा गरिएको १४ हजार पाँच सय ४१ परीक्षणमा थप एक हजार १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार १ सय १३ जना संक्रमणमुक्त, ८ जनाको मृत्यु
२. मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल, कांग्रेसकै संस्थापनइतर पक्षले बुझाएन मन्त्रीको लिष्ट ।
३. प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको साइकल खरिदमा अनियमितता भएको आशंका
४. अख्तियारले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापामार शैलीमा छापा मारेको भन्दै मुख्य मन्त्री राउतको असन्तुष्टि, आफूलाई बद्नाम गर्न खोजिएको भन्दै अख्तियार प्रमुखसँग राउतले पोखे गुनासो
५. सरकारद्वारा जहाज र हेलिकोप्टरको अवस्था अध्ययन गर्न समिति गठन, हवाई उडान सुरक्षालाई त्रुटीरहित बनाइने
६. चरित्रहत्या हुने भिडियो प्रसारण गरेको भन्दै प्रहरीद्वारा ४ युट्युबर पक्राउ, युट्युव च्यानल मार्फत महिलाको चरित्रहत्या गरेको आरोप ।
७. उदयपुरमा मृत्यु भएकाहरूको नाममा झण्डै साढे १६ लाख वृद्धभत्ता हिनामिना, तत्कालीन गाविसका सचिवसहित पाँच कर्मचारीविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
८. यस वर्ष दशैमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्यांग्र्रा बिक्री नगर्ने, १६ सयको हाराहारीमा खसीबोका बिक्री गर्ने तयारी
९. कलंकी–महाराजगञ्ज आठ लेन चक्रपथ विस्तारको प्रारम्भिक डीपीआर तयार, आयोजनाको काम गरेको चिनियाँ पक्षले माग्यो ‘साइट क्लियर’ भएको रिपोर्ट
१०. लगातार तीन दिनको गिरावटपछि बुधबार सेयर बजारमा हरियालीे, नेप्से ५० दशमलव ५८ अंकले बढ्दा ५ अर्बको कारोबार, लगानीकर्ता उत्साहित
११. आज बिश्व मुटुरोग दिवस,खानपानमा ध्यान दिएर मुटुलाई स्वस्थ राख्न चिकित्सकको सुझाव
१२. इटालीले भारतीय कोरोना भ्याक्सिन कोभिसिल्डलाई मान्यता दियो, अब कोभिसिल्ड लगाएका भारतीय नागरिकले इटालीमा सहज आवतजावत गर्न पाउने
१३. इक्वेडरको एक कारागारमा कैदीहरूबीच झडप, २४ जनाको मृत्यु, ४२ जना घाइते
१४. नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक बिष्ट निर्वाचित, बिष्टद्वारा रबिराज थापालाई पराजित
१५. चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज भएको दुई खेलमा पोखरा र भैरहवा विजयी, पोखराद्वारा ललितपुर र भैरहवाद्वारा विराटनगर पराजित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया