काठमाडौं । युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रशारण गर्ने ४ जना युट्युबर पक्राउ परेका छन् ।
बुधबार साइबर ब्यूरोले विभिन्न ठाउँमा र विभिन्न मितिमा महिलाको चरित्रहत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वरका प्रदिप भण्डारी (दैनिक खबर), नुवाकोट चोगदेका शिशिर अधिकारी (हरेकपलको खबर), मोरङका पिंकला कार्की(सराइचुली मिडिया) र दोलखाका रोधन तामाङ(मोर्डन अनलाइन टिभी) रहेका छन् ।
महिलाको चरित्रहत्या हुने तस्बिर, भिडियोहरु प्रशारण गरी विधुतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
‘विभिन्न युट्युब च्यालन सञ्चालन गरी उक्त च्यानलहरुमार्फत पीडित महिलाहरुको तस्बिरसहित चरित्रहत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्याई नीजप्रति घृणा वा द्वेष फैलाउने सामग्रीहरु प्रशारण गरी अनुमती लिई तपसिलका यूट्युब च्यानलहरुका सञ्चालकहरुलाई मिति २०७८, ०६, १३ गते पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरी अनुसन्धान भइरहेको ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया