काठमाडौं । राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।
राउतविरुद्ध भ्रष्ट्राचारको आरोप लागेको भन्दै एकता अभियानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा सहयोग गर्न समेत माग गरेको छ ।
बुधबार अख्तियारको बर्दिवास कार्यालयले मुख्यमन्त्री कार्यालयमा छापा मारे लगत्तै अभियानका अध्यक्ष विनय यादवले विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्।
‘संघियतालाई धरापमा पार्ने किसिमले मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेशका मन्त्रीहरुलाई भष्ट्राचार गर्न प्रेरित गरेको र आफु पनि भ्रष्टाचार गर्न लिप्त रहेको नेपाली जनता माझ लुकेको छैन । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामारी केही कागजातहरु जफत गर्नुले यसलाई पुष्टि गर्दछ’ विज्ञप्तिमा भनिएको छ–‘प्रदेश सरकार भ्रष्ट रहेको कुरा राष्ट्रिय एकता अभियानले महिनौ देखी उठाउदै आएको सर्बविदितै छ । यस्ता किसिमको गतिविधी गरी प्रदेश –२ का जनतालाई बदनाम र जनताको करबाट उठेको पैसाको दुरुपयोग भईरहेको राष्ट्रिय एकता अभियानको ठहर छ ।’
प्रदेश–२ का छोरीहरूलाई विद्यालय पठाउने उत्प्रेरित गर्ने उदेश्यले सुरु भएको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममार्फत वितरण भईरहेको साईकलमा अनियमितता भएको विषयलाई लिएर अख्तियारले छापा मारेको विषयमा सार्वजनिक हुनु दुःखदायी भएको अभियानले जनाएको छ। ‘अख्तियारले छानविन पुरा नगरेसम्म मूख्यमन्त्री लालबाबु राउत गद्दीको राष्ट्रिय एकता अभियान राजीनामा माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ–‘गद्दीले राजीनामा दिई अख्तियारको छानबिनमा सहयोग गर्न अभियान आग्रह समेत गर्दछ । राजीनामा नदिई अख्तियारको छानविनमा अवरोध पुर्याए राष्ट्रिय एकता अभियान चरणबद्ध रुपमा अन्दोलन गर्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया