काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर १४ हजार ५ सय ४१ जनाको परीक्षण गर्दा ८ सय ९२ जनाको पीसीआर र २ सय ६५ जनाको एन्टीजेन पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख ८५ हजार ५ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार १ सय २३ जनाको मृत्यु् भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६४ हजार ८ सय ४७ पुगेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार १८ हजार १ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया