हेर्नुहोस् आजको टप १५ हेडलाईन्स्(भिडियोसहित)

लोकपथ
56
Shares

१. बितेको २४ घण्टामा गरिएको १४ हजार ३ परीक्षणमा थप एक हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, एक हजार ३ सय १८ जना संक्रमणमुक्त, १२ जनाको मृत्यु

२. सरकारले फिर्ता गरेको दल विभाजनको अध्यादेशप्रति ओली रुष्ट, अध्यादेश खारेजी असंवैधानिक गैरकानुनी र प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र भएको दाबी

३. नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम पठायो, मन्त्रीपरिषदले आज पनि पूर्णता पाएन, मिति सारेको सार्यै देउवा सरकार

४. परराष्ट्रमन्त्री खड्काको सपथ गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट, कानुनी व्यवस्था बिनानै खड्काको सपथ गराइएको जिकिर गर्दै सपथको बदरको माग

५. चाडपर्वमा उपत्यकाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरोकारवाला निकायलाई गृहमन्त्री खाँणको निर्देशन, मुस्कुराएर जनतालाई सेवा दिन आग्रह

६. पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान अर्थमन्त्री शर्माको जोड, निर्वाचन जित्नैपर्ने अवस्थाको अन्त्यका लागि समानुपातिक निर्वाचन प्रणाली उत्तम विकल्प भएको उल्लेख

७. बाढीले क्षतिग्रत भएको मेलम्ची आयोजना पुर्नस्थापना लागि नयाँ ठेक्काको तयारी, एसियाली विकास बैंकले थप लगानी नगर्ने

८. ६ वर्षको अवधिमा कुकुरको टोकाईबाट ८७ जनाको मृत्यू , एक वर्षमै ५० हजारभनदा बढी मानिस कुकुरको टोकाईबाट घाईते भएको भन्दै सावधानी अपनाउन चिकित्सकको सुझाव

९. चुनाव भएको ४ वर्षपछि महोत्तरीको एक वडामा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरको आदेश, मनरासिस्वा नगरपालिका वडा नम्बर १० को मतगणना कात्तिक ७ गते बिहान ११ बजेदेखि हुने

१०. राष्ट्रिय जनगणनामा खटिने गणकको सर्टलिस्ट नतिजा सार्वजनिक, गणकले असोज १४ बाट कोरोनाको खोप लगाउनुपर्ने, कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने

११. सेयर बजारमा निरन्तर पहिरो, ७० दशमलव ०१ अंकले घट्यो नेप्से, ५ अर्ब ७४ करोडको कारोबार

१२. उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण, जापानको आर्थिक क्षेत्र नजिकको समुद्रमा खसेको अनुमान

१३. जनतालाई ठगेर भ्रष्टाचार गरेका अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय, पाँच वर्ष जेल बस्नैपर्ने

१४. छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबको लगातार दोस्रो जित, २ खेलमा ६ अंक जोड्दै क्वाटरफाइनलमा

१५. चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज पनि वर्षा बाधक, काठमाडौं किङ्स–ईलाभेन र पोखरा राइनोजबीचको खेल स्थगित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?