काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई राज्यले नि:शुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताएका छन् ।
मंगलबार नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले राज्यले सञ्चार माध्यमलाई सञ्चार प्रविधिमा सहुलियत दिनुपर्ने बताएका हुन् । उनले साना लगानीका मिडियालाई बचाउनका लागि राज्यले नि:शुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुपर्ने बताए । उनले भने– ‘सञ्चार माध्यमलाई पनि सञ्चार प्रविधिको विकास र सहुलीयत जरुरी छ । खासगरी साना लगानीका मिडियालाई । साना लगानीका मिडिया अब राज्यले विशेष रुपले नहेर्ने हो भने टिक्न पनि गाह्रो छ । यस्ता साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको सुविधा व्यवस्था गर्न सक्छ कि सक्दैन ? मलाई लाग्छ यस्ता मिडिया बचाउनका लागि नि:शुल्क इन्टरनेट सुविधा भइदियो भने केही राहत हुन्छ जस्तो मलाई लाग्छ ।’
अध्यक्ष बस्नेतले अनलाइन, युट्युबजस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गर्न र जनताको पक्षमा सूचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया