काठमाडौं । पशुपतिनाथ परिसरमा एक बाबामाथि खुकुरी प्रहार भएको छ ।
सोमबार बिहान ५ बजे सन्तोष बाबालाई अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन् । ती व्यक्तिले बाबासँग गाँजा मागेको तर बाबाले छैन भनेपछि ती व्यक्तिले बाबामाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी शुशिल राठौरले लोकपथलाई जानकारी दिए ।
बाबा बस्ने ठाउँमा सीसीक्यामेरा समेत नभएको र अन्य ठाउँहरुबाट सीसीटिभि फुटेर हेर्ने काम भइरहेको उनले बताए ।
‘बिहान ५ बजेको समयमा अज्ञात व्यक्तिले बाबामाथि खुकुरी प्रहार गरेको खबर प्राप्त भयो । उनको पेटमा खुकुरी प्रहार भएको रहेछ ।’ उनले भने, ‘तर उक्त ठाउँमा सीसीटिभि नभएको कारण त्यहाँ जाने ठाउँको सीसीटिभि हेर्ने काम भइरहेको छ । अनुसन्धान भइरहेको छ ।’
हाल बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको राठौरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया