काठमाडौं – काकँडभिट्टा बस सेवा विस्तार

लोकपथ
119
Shares

काठमाडौं । घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ ।

यसअघि काठमाडौं–जोमसोम–मुक्तिनाथ, काठमाडौं–बेनी–दर्वाङ, काठमाडौं–बुर्तिवाङ–रुकुमकोट, काठमाडौं–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौं–काकँडभिट्टा बस सेवा सञ्चालन गरेको हो । सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको माग र चाहनाअनुसार पूर्वमा बस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । “अहिले काठमाडौँ–काकँडभिट्टा सञ्चालन गरे पनि आगामी दिनमा पूर्वका अन्य सहरमा समेत विस्तार गर्दै लैजान्छौँ”, उनले भने । उक्त बस काठमाडौंको नयाँ बसपार्कबाट छुट्नेछ । विसं २०७४ मा स्थापना भएको घोडाघोडी यातायात प्रालिले हाल २५ भन्दा बढी बसद्वारा यात्रुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?