१. पछिल्लो २४ घण्टामा गरिएको १० हजार ५ सय ७९ परीक्षणमा थप ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ३ सय ७१ जना संक्रमणमुक्त ६, जनाको मृत्यु
२. एमाले केन्द्रीय कमिटी बैठकमा टोली नेताहरुले दिए मिश्रीत सुझाव, नेकपाकै निरन्तरता लेख्न मागदेखि संसद् विघटनबारे उल्लेख गर्नुपर्नेसम्म
३. नेपाली कांग्रेसको पालिका अधिवेशन आजदेखि सुरु, काबिल नेतृत्व छान्न अनुरोध गर्दै गगन थापाले भने, पार्टीको पुनर्निर्मालमा खेलाँची नगरौँ
४. वर्तमान गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको दाबी , आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोजेर पनि नभेटिने भन्दै कटाक्ष
५. आफूहरुविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुुने नेकपा एकीकृत समाजवादीकी सचिव झाँक्रीको भनाइ, प्रदेश १ र बागमतीमा पनि छिट्टै सरकार परिवर्तन हुने दाबी
६. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले अवरोध गरिरहेको एमाले उपमहासचिव विष्णु पौडेलको आरोप, एशीयाली विकास बैंकसँग शिघ्र सम्झौता गरी आवश्यक बजेटको व्यवस्था मिलाउन सुझाब
७. सभापतिमा उम्मेदवारी दिने कांग्रेस नेता सिंहको घोषणा, अवसर पाएर पनि नेतृत्वले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख
८. सेनेटरी प्याडमा कर नबढाएको अर्थमन्त्री शर्माको दाबी, महिनावारीमा प्रयोग हुने प्याड महिलाहरुका लागि अत्यावश्यक भएकाले अर्थ मन्त्रालय यस विषयमा गम्भीर रहेको प्रतिक्रिया
९. अझै केही दिन मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागको भनाइ, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको आग्रह
१०. उपचाररत ११ महिने शिशुको मृत्यु भएपछि दमकको एडभान्स अस्पताल तोडफोड, अवस्था नाजुक भएको बिरामीलाई घर पठाउनु डाक्टरको गल्ती भन्दै आफन्त आन्दोलित
११. नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको निर्वाचन मंसिरमा हुने, संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुने
१२. यो साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ७ दशमलव २७ अंकको सुधार, चार दिन कारोबार भएको नेप्सेमा सामान्य सुधार आउँदा समग्र परिसूचक २८ सय १९ अंकमा पुगेर रोकियो
१३. तालिवानको कडा नियमविरुद्ध अफगानी महिलाहरूले गरे विरोध, रङ्गीचङ्गी पोशाकमा अनलाइनमार्फत् असन्तुष्टि व्यक्त
१४. इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र ब्रेन्टफर्ड भिड्दै, घरेलु मैदानको फाइदा उठाउदै बलियो टोली लिभरपुलसँग जित हात पार्ने दाउमा ब्रेन्टफर्ड
१५. चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा काठमाडौं किङ्स९११को विजयी सुरुवात, ललितपुर ७ विकेटले पराजित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया