काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी तेजाब तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गराउन ध्यानाकर्षण गराएका छन् ।
उनले शुक्रवार प्रधानमन्त्री देउवालाई भेट गरी तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्ति विरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव दिएको बताएका छन् ।
जवाफमा प्रधानमन्त्री देउवाले यो विषय मानविय र साझा विषय भएकाले कानून बनाउने मात्र नभई त्यसको कार्यान्वयन गर्न पनि सरकार लाग्ने बताएको प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
उनले पार्टी महाधिवेशनको तयारी, महामन्त्रीमा उम्मेदवारी घोषणा, सरकारका उपलब्धि र कमजोरी लगायत बिषयमा पनि छलफल गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया