हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
70
Shares

१. बितेको २४ घण्टामा गरिएको १५ हजार ६ सय ९० परीक्षणमा १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५ सय ५० जना संक्रमणमुक्त ९ जनाको मृत्यु

२. सर्वोच्चद्वारा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, निवेदकको मागमा सर्वोच्चको असहमति

३. नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु, विधान महाधिवेशनको प्रस्तावमाथि छलफल गर्न १० समूह गठन, अध्यक्ष ओलीद्वारा राजनीतिक प्रस्ताव पेश

४. एमालेले टिकट दिए आगामी निर्वाचनमा प्रचण्डसँग लड्न तयार रहेको पूर्वगृहमन्त्री थापाको भनाइ, चितवनबाट प्रत्यक्षतर्फ चुनाव लड्ने संकेत गर्दै भने, ‘बादल भर्सेज प्रचण्ड हुन सक्छ ।’

५.६४ जिल्लामा भोलिदेखि स्थानीय तहको अधिवेशन गर्ने कांग्रेसको निर्णय, २१ वटा हिमाली जिल्लामा दशैँअघि सबै तहका अधिवेशन सक्ने, १३ जिल्लाको क्रियाशील क्रियाशील सदस्यता बिवाद अझै टुंगिएन ।
६. १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेको तेस्रो धारका नेताहरु आक्रोशित, केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने चेतावनी

७. इजरायल जान नक्कली कागजपत्र पेस गर्ने २ हजार ७ सय ९० जनाको आवेदन फारम रद्द, वैदेशिक रोजगारमा जाने कामदारबाट अचाक्ली शुल्क लिइएको गुनासोबारे बोर्डमा छलफल

८. यस वर्षको बडा दशैँको टीकाको साइत बिहान १० बजेर २ मिनेटमा, पञ्चाङ्ग निर्णायक समितिद्वारा टीकाको साइत सार्वजनिक,

९. आगामी वैशाखसम्म सबै नागरिकलाई खोप दिने सरकारको तयारी, हालसम्म ५८ लाख ६० हजार ९ सय २९ जनाले पाए पूर्ण खोप, ६२ लाख ९३ हजार ८९ जनाले पहिलो डोज लगाए

१०. १७ हजार शिक्षकको लागि आवेदन खुल्ने, समयमा नै सरकारले शिक्षामन्त्री नियुक्त गर्न नसक्दा कार्यसम्पादनमा समस्या, शिक्षक बढुवाका लागि आयोगमा पुग्यो विवरण

११. नेपाली कांग्रेसको १४औँ महाधिवेशन तोकिएकै मितिमा हुने कांग्रेसको स्पष्टोक्ति, महाधिवेशन सार्ने प्रस्ताव पार्टीको कुनै पनि पदाधिकारीले नराखेको प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ

१२. काठमाडौं महानगरद्वारा आइतबारदेखि भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने निर्णय, कोरोना जोखिमकै बीच विद्यालय खोलिने भएपछि अभिभावक भने चिन्तित

१३. चालू आर्थिक वर्षको पहिलो दुई महिनामा १४ लाख ९८ हजार वटा मोबाइल सेट भित्रियो, अघिल्लो वर्षभन्दा ५० प्रतिशतले बढेको भन्सार विभागको भनाइ

१४. दिल्लीको अदालतभित्र वकिलको भेषमा आएका व्यक्तिले गोली चलाउँदा एक आक्रमणकारी समेत गरी तीन जनाको मृत्यु, एक वकिलसहित तीन जना घाइते

१५. र, इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई र बैंगलोर भिड्दै, चैन्नई बैंगलोरलाई हराउँदै शीर्ष स्थानमा उक्लिने दाउमा

https://www.facebook.com/lokpathnepal/videos/895107674438145

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?