भिडियोसहित हेर्नुहोस् आजका टप १५ हेडलाइन्स्

लोकपथ
70
Shares

१ नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १५ हजार २ सय ४३ जनाको परीक्षणमा थप १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ३ सय २४ जना संक्रमणमुक्त, १३ जनाको मृत्यु

२ एमालेको अवरोधका बीच आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित, अर्काे बैठक असोज ११ गते बस्ने गरी स्थगित

३ लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्ध रहेको सभापति देउवाको भनाइ, मुलुकभर पार्टी कार्यालयको भवन निर्माणले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास

४ एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले लगायो पदाधिकारीको टुंगो, महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाँक्री

५ पूर्वसहकर्मीमाथि खनिए माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, बादल र टोपबहादुरलाई दिए भगौडाको संज्ञा, आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो नम्बरको पार्टी हुने दाबी

६ क्रियाशील सदस्यता विवादले उग्र रुप लिएपछि सर्लाहीमा मन्त्रीले गरे वडाध्यक्षमाथि हातपात, प्रतिकारमा उत्रियो पौडेल पक्ष, पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना

७ प्रचण्डले एमालेका तेस्रो धारका नेताहरूबारे टिप्पणी गरेपछि एमाले उपमहासचिव भुसालको प्रतिक्रया, एमालेको चिन्ता गर्नु पर्दैन आफ्नो पार्टीलाई सम्हालेर देखाउनुहोस्

८ आर्थिक वर्ष २०७७/०७८ मा १२ सय ४२ श्रमिकको विदेशमा मृत्यु, सबैभन्दा धेरै साउदी अरेबियामा, विभिन्न कारणले आत्महत्या गर्नेहरूको संख्या बढ्दो रहेको वैदेशिक रोजगार बोर्डको भनाइ

९ नेपालमा पर्यटकका लागि अनअराइभल भिसा खुला, ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट र खोपको पूरा मात्रा लगाएको कार्ड अनिवार्य

१० बन्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन नहुने, पहिलो सेल निर्माणको काम पूरा नभएको र समन्वयबिना फोहरका गाडी बन्चरेडाँडा गएपछि स्थानीयले जनाए अवरोध

११ झिनो अंकले बढ्यो सेयर बजार, नेप्से २ दशमलव ७० अंकले बढ्दा ७ अर्ब ७२ करोडको कारोबार, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण

१२ भारत चाँडै अन्य देशहरूमा खोप आपूर्ति गर्न सक्षम हुने भारतीय प्रधानमन्त्री मोदीको दाबी, खोप प्रमाणीकरणमा आपसी मान्यताबाट अन्तर्राष्ट्रिय यात्रा सहज बनाउनुपर्नेमा जोड

१३ चिनियाँ विदेशमन्त्रीद्वारा जी २० बैठकमा अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह, चीनले अफगानिस्तानलाई ३०/८९ मिलियन अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराउने

१४) एएफसी महिला एसियन कप –२०२२ छनोटका लागि गएका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कियो, कप्तान रेनुका भन्छिन् साम्बाको अभाव खड्कियो

१५) र चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न शाहिद अफ्रिदी नेपाल आइपुगे, शनिबारबाट टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा काठमाडौं किङ्स–११ बाट खेल्दै

https://www.facebook.com/lokpath/videos/1119059501832004

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?