राष्ट्रपति भण्डारीद्वारा ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण (पत्रसहित)

लोकपथ
238
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोज विधेयक २०७८’ प्रमाणीकरण गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणको लागि पेस हुन आएको ‘‘विनियोज विधेयक २०७८’’ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।’ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संघीय संसदको दुवै सदनबाट पारित भइ बिहीबार (आज) उक्त विधेयक राष्ट्रपति भण्डारी समक्ष प्रमाणीकरणको लागि उक्त विधेयक पेस गरिएको थियो । गत असोज ४ गते बसेको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक पारित गरिएको थियो । भने सोही दिन राष्ट्रिय सभामा पारितका लागि उक्त विधेयक पठाइएको थियो । राष्ट्रिय सभाबाट पनि सोही दिन पारित भइ आज प्रतिनिधि सभामा पठाइएको थियो । आज प्रतिनिधि सभामा सन्देशसहित उक्त विधेयक प्रस्तुत गरि राष्ट्रपति समक्ष पठाइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?