काठमाडौं । राष्ट्रियसभामा विनियोजन विधेयक (बजेट) २०७८ पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो ।
बजेट पारित भएसँगै राष्ट्रियसभाले आजै विनियोजन विधेयक २०७८ प्रतिनिधिसभामा पठाउने छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रमाणित गर्ने छन् ।
प्रतिनिधिसभामा सभामुखले प्रमाणित गरेपछि उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया