संखुवासभा सामूहिक हत्या प्रकरणमा नयाँ मोड : लोकबहादुरका भाइसहित ४ जना पक्राउ

लोकपथ
987
Shares

काठमाडौं । संखुवासभा सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइसहित ४ जना छन् ।

नरेससहित ४ जनालाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एसपी भिम दाहालले जानकारी दिए । “पक्राउ पर्ने छिमेकी हुन, उनीहरुको हत्यामा संलग्नता र मतियारको रुपमा देखिएपछि उनीहरुलाई पक्राउ गरेका छौँ ।” एसपी दाहालले बताए ।

उनीहरुलाई आजै सार्वजनिक गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मृतक रञ्जना कार्कीको हराएको मोबाइल नरेशसँग भेटिएपछि प्रहरीले यसअघि नै घटनामा संलग्न रहेको आशंकाले लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि भदौ ३१ मा पक्राउ गरेको थियो ।

भदौ २१ मा खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

घटनाबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रहरी टोली संखुवासभा पुगेको थियो । घटनाको ५ दिनपछि लोकबहादुरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?