५ केजी लागूऔषध गाँजासहित दुई जना पक्राउ

लोकपथ
35
Shares

बारा । बारामा ५ केजी लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–१६ बस्ने ३७ वर्षीय ठाडा बहादुर दर्लामी र निजगढ नगरपालिका–१२ बस्ने २४ वर्षीय बुद्धी लाल पाख्रिन रहेका छन् ।

निजगढ नगरपालिका–११ तामागढी सडकबाट उक्त लागूऔषध गाँजासहित उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका २ जनालाई सोधपुछ तथा अनुसन्धान गर्दा लागूऔषध कारोबारमा अन्य ३ जनाको समेत संलग्नता रहेको खुल्न आएपश्चात उनीहरूलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?