काठमाडौंमा पेस्तोलसहित एक जना पक्राउ

लोकपथ
378
Shares

काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौंमा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका वडा नम्बर ३ जितपुरफेदी बस्ने सोनाम तामाङ रहेका छन् ।

काठमाडौं–१६ सितापाइलास्थित छाउने मार्गमा रहेको एक रेष्टुरेण्टबाट अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोलीसहित तामाङलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले बताए ।

पक्राउ परेका तामाङलाई अनुसन्धानका लागि सशस्त्र प्रहरीले महानगरीय प्रहरी बृत्त स्वयम्भूमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?