काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन नहुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालाको छलफलमा यस्तो सहमति भएको हो ।
छलफलमा सहभागी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको बताए ।
उनका अुनसार विद्यार्थी संख्या धेरै भएको विद्यालय तत्काल नखोल्ने सहमति भएको हो । कम विद्यार्थी भएको विद्यालयले भने माथिल्लो कक्षाका विद्यार्थी पठन पाठन गराउन सक्ने उनको भनाइ छ ।
निजी विद्यालय सञ्चालकको अर्को संस्था एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पनि थोरै विद्यार्थी भएका विद्यालय मापदण्ड अपनाएर खोल्ने र धेरै विद्यार्थी भएको विद्यालय नखोल्ने सहमति भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया