५ किलो चरेससहित एक जना पक्राउ

लोकपथ
42
Shares

धादिङ । धादिङमा ५ किलो अवैध लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।

धुनिवेशी नगरपालिका–६ नौविसेस्थित सडकबाट करिब ५ किलो अवैध लागुऔषध चरेससहित सिरहा सुखिपुर नगरपालिका–२ बस्ने १९ वर्षीय अर्जुन यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद रुपमा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा १० वटा प्याकेटमा रहेको उक्त परिमाणको चरेससहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?