काठमाडौं । अवैधरुपमा नेपाल प्रवेश गरी काठमाडौंका आएको १४ रोहिंग्या शरणार्थी पक्राउ परेका छन् । राजधानीको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुंगिराज न्यौपानेले लोकपथलाई बताए ।
अवैधरुपमा ती रोहिंग्या शरणार्थीहरु हिडिँरहेका छन् भन्ने खबर आयो, हामीले उनीहरुलाई नियन्त्रणमा लिई २८ गते अध्यागमन कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।
शरणार्थीको रुपमा नेपालमा बस्ने योजनाका साथ दुई दिनअघि पनि मानव तस्करको सेटिङमा उनीहरु नेपाल आएको हुनसक्ने प्रहरीको आशंका छ । उनीहरुलाई पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाइएको छ ।
प्रहरीले उनीहरुलाई काठमाडौंसम्म ल्याउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई समेत पक्राउ गरेर अनुसन्धान थालेको बताइएको छ । हाल करिब २०० जनाको हाराहारीमा रोहिंग्या शरणार्थी राजधानीको कपनमा बस्दै आएका छन् ।
बंगलादेशमा रोहिंग्यामाथि दमनको क्रम बढ्न थालेपछि केही वर्षयता त्यहाँका हजारौं रोहिंग्याहरु विस्थापित बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया