काठमाडौं । नेपाली चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’को नयाँ श्रृंखला“JPT CREATION OFFICIAL” बाट पनि हेर्न पाइने भएको छ । सक्किगोनी अब आफ्नै यूट्यूब च्यानलबाट हेर्न सकिने निर्देशक अर्जुन घिमिरेले लोकपथलाई जानकारी दिए ।
‘ओएसआरडिजीटल’सँगको हाम्रो सम्झौता सकियो । जेपिटी क्रियसन निर्माण युनिटकै हो आगामी श्रृंखलाहरु जेपिटी क्रियसनबाटै हेर्न सकिन्छ ।’ घिमिरेले बताए ।
हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हाइलाइट नेपालको युट्युव च्यानलबाटसमेत सार्वजनिक हुँदै आएको थियो ।
टेलिशृंखलामा कुमार कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, गोविन्द कोइराला, हरि निरौला, शंकर आचार्य मुख्य पात्रका रुपमा रहेका छन् ।
निर्देशक अर्जुन घिमिरेको आमा उपचाररत भएका कारण उनी भने बिगत केही सातादेखी अभिनय बाहिर रहका छन् ।
बिगत १०० दिन अघिदेखी घिमिरेको आमालाई ग्रिनसिटी अस्पताल राखीएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया