काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा आएको भीषण बाढीपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
बैंकका अनुसार भदौ १० गते बिहान करिब ८ः४० बजे टिमुरे आसपासमा अचानक आएको बाढीपछि टिमुरे शाखा, स्याफ्रुवेशी शाखा र मैलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत कर्मचारीहरूसँग सम्पर्क विच्छेद भएको हो ।
सम्पर्कविहीन हुने कर्मचारीहरूमा स्याफ्रुवेशी शाखाका शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का रहेका छन् । त्यस्तै टिमुरे शाखाकी डोल्मा लामा र मैलुङ एक्सटेन्सन काउन्टरका मुकेश खड्का पनि सम्पर्कविहीन छन् ।
घटनापछि उनीहरूको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको बैंकले जनाएको छ । बैंकले कर्मचारीहरूको खोजी तथा पहिचानका लागि सर्वसाधारण र सम्बन्धित निकायसँग सहयोगको अपिल गरेको छ ।
कसैले सम्पर्कविहीन कर्मचारीलाई देखे, भेटे वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाएमा तत्काल बैंकलाई खबर गर्न अनुरोध गरिएको छ ।
खोजी तथा उद्धार कार्यमा सहयोग पुर्याउन बैंकले ९८५१०२८४५४ र ९८५१०३३०५३ नम्बरमा सम्पर्क गरी जानकारी दिन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया