पर्सामा तीन राउण्ड हवाई फायर

लोकपथ
77
Shares

वीरगञ्ज । पर्सामा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक पर्ने जंगलमा प्रहरीले हवाई फायर गरेको हो ।

अवैध रुपमा रुख कटान गरी सालको गोलिया मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्ने क्रममा हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

चार वटा मोटरसाइकलमा सवार आठ जना तस्कर समूहले पाँच जना प्रहरी टोलीमाथि नै आक्रमण गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

उनले भने,‘ आत्मरक्षाका लागि नौ एमएमको पेस्तोलबाट तीन राउण्ड हवाई फायर गरिएको हो।’

सोमबार बिहान चार बजे तस्कर समूहलाई नियन्त्रणमा लिन हवाई फायर गरे पनि उनीहरु भने भाग्न सफल भएका छन् । प्रहरीले बीआर२२एफ ४१०८ र ना४०प ९३९६ नम्बरको मोटरसाइकलसहित दुई थान गोलिया काठ बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?