सरसफाइमा कोटेश्वर ट्राफिकको सक्रियता (तस्बिरमा हेर्नुहोस्)

लोकपथ
112
Shares

काठमाडौं । कोटेश्वर ट्राफिक र मनोहरा सफाई तथा सम्पदा बचाउ नागरिक अभियानले सरसफाइ कार्यक्रम गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख रामकृष्ण देवकोटाको संयोजनमा सरसफाइ गरिएको हो ।

सडकको चोकमा उभिएर सँधैजसो हात हल्लाउँदै, सिटी फुक्दै सवारीसाधन आवतजावतमा सहजिकरण गर्ने ट्राफिकहरु सरसफाइमा पनि निरन्तर जुट्दै आएका छन् ।

ट्राफिकका अधिकृतदेखि जवानसम्म र स्थानीय युवा युवतीहरुको सहभागीमा कोटेश्वर, जडिबुटी र बालकुमारी क्षेत्रमा सरसफाइ गरेकाे छ ।

प्रहरी निरीक्षक देवकोटाले भने, ‘हामीले सामुदायिक प्रहरी साझेदारी अन्तर्गत समाजमा जनचेतनामूलक देखि समाजमा प्रत्यक्ष गएर यस्ता गतिविधि सञ्चालन गरिरहेका छौँ। कोभिडबाट सुरक्षित हुन विभिन्न चरणको अभियान महाशाखाकै निर्देशनमा हुने गर्दछ।’

साथै पैदल यात्रुहरुलाई मास्क वितरण लगायत कोरोना सम्बन्धी जनचेतना पनि दिइएको देवकोटाले जानकारी दिए ।

हेर्नुहोस् तस्बिर : 

No description available.

No description available.

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?