काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराएको हो।
सुरुवातमा बंगलादेश आक्रमक देखिएको थियो। यद्दपि, खेलको १४ औँ मिनेटमा सबिता राना मगरले अग्रता दिलाएसँगै नेपालले लय समात्यो।
२२ औँ मिनेटमा सरू लिम्बुको पासमा प्रीति राईले गोल गर्दै अग्रता दोब्बर पारिन्। पहिलो हाफमा नेपालले २ गोलले अग्रता लिएको थियो।
दोस्रो हाफमा शुरुबाटै बंगलादेशले गोल फर्काउने प्रयास गरेको थियो।
७९ औँ मिनेटमा बंगलादेशकी श्रिमोटी सरकारले गरेको प्रहार गोलकिपर एन्जेला तोमबाफोले बचाए पनि ८३ औँ मिनेटमा टोहुरा खातुनले गोल फर्काइन्। खेलको अन्तिम समयमा बंगलादेशले खेलमा दबाब बनाएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया