बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

लोकपथ
161
Shares

काठमाडौं । नेपाल र बंगलादेशबीचकाे पहिलो मैत्रीपूर्ण खेलको लागि नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ।

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपालको शुरुवाती ११ मा सबिता राना र प्रिती राईलाई डेब्यू गर्ने मौका दिएका छन्। गोलरक्षक एन्जिला सुब्बासहित रक्षकमा गीता राना, हिरा भुजेल, पूजा राना र अमृता जोशी रहेका छन्।

मिडफिल्डमा कप्तान रेनुका नगरकोटी, सरु लिम्बू र मन्जली थोकर रहेका छन्। त्यस्तै अग्रपंक्तिको जिम्मेवारी प्रिती राई, सबिता राना र विमला चौधरीलाई दिइएको छ।

नेपाल र बंगलादेशबीचकाे खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा अहिले ५:३० बजे सुरु हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?