काठमाडौं । राष्ट्रियसभाको अर्को बैठक शुक्रबारका लागि बोलाइएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले विरोध जनाएपछि ३० मिनेटको लागि बैठक स्थगित गरिएको थियो ।
दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकको कार्यसूचीको २ र ३ नम्बरमा रहेको विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिएका थिए ।
त्यसलगत्तै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले आगामी बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया