नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिए सभामुख

लोकपथ
273
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदसँग जंगिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेले नाराबाजी गरेपछि सभामुख सापकोटा जंगिएका हुन् ।

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका हुन् ।

उनले एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने बताए । त्यस्तै प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ख, ग र घ को प्रावधान विपरीत सभामुख सापकोटाले बताए ।

एमाले सांसदहरुले सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटा चर्को शब्दमा बोलेका थिए । उनले सांसदहरुलाई मर्यादाबाहिर नजान चेतावनीसमेत दिए ।

आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले संसदमा नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?