एमसीसी पास गर्ने जिम्मा हाम्रो होइन : ओली

लोकपथ
385
Shares

काठमाडौं । सांसदहरुसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले एमसीसी पास गर्ने जिम्मा आफुहरुको नभएको बताएका छन् । बुधबार पार्टीका सांसदहरुसँगको छलफलमा ओलीले एमसीसी आफुहरुले सम्झौतासमेत नगरेकाले अध्ययनपछि मात्रै पार्टी निर्णयमा पुग्ने बताएका हुन् ।

“एमसीसी अहिले छलफल र डिबेटको रुपमा आएको छ । त्यसलाई छलफलमा जान दिउ, एक नम्बर दलहरूलाई धारणा बनाउन दिऊ, तर्कहरु गर्न दिउ, अर्को कुरा यो पास गर्ने जिम्मा पनि हाम्रो होइन” ओलीले भने, “यो सन्धि हामीले गरेको पनि होइन र यो अभिभारा अहिले हाम्रो काँधमा पनि हैन”

संसदमा एमसीसीको प्रस्ताव आएको खण्डमा त्यतिबेला गम्भिरतापूर्वक विचार र निर्णय गर्ने तर अहिले यसमा धेरै अग्रसर नहुन ओलीले आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएका छन् ।

सत्ता गठबन्धनले प्रश्न सोधेको जवाफ नआएको भनिरहेको भन्दै प्रश्न सोधिए पनि एमसीसीको मुल सम्झौता नफेरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?