प्रधानमन्त्री देउवाका छोरा राजनीतिमा

लोकपथ
588
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा कांग्रेस राजनीतिमा प्रवेश गरेका छन् ।

२६ वर्षीय जयवीरले कांग्रेसको सदस्यता लिएका छन् । उनले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा समितिको सिफारिसका आधारमा कांग्रेसकै क्रियाशील सदस्यता लिएका हुन् ।

बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका जयबीरले कांग्रेसको क्रियाशिल सदस्यता लिनुलाई चासोका साथ हेरिएको छ । उनी अब सक्रिय राजनीतिमा प्रवेश गरेका कतिपय कांग्रेस नेता कार्यकर्ताको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?