काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुसँग छलफल तथा परामर्श गरेर सरकारलाई शीघ्र पूर्णता दिने बताएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदले राखेको जिज्ञासामा उनले सो जानकारी गराएका हुन् ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आफ्ना दलका सांसदलाई बुधबारदेखि प्रारम्भ हुने संसद् बैठकमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न समेत निर्देशन दिए । प्रधानमन्त्री देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा यो नेपालको विकासका लागि महत्वपूर्ण भएको र यो परियोजना एकाएक नभई लामो प्रक्रिया पुर्याएर आएको बारेमा धारणा व्यक्त गरेको पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिए।
एमसीसी आवश्यक कानूनी प्रक्रिया पूरा गरेर प्रतिस्पर्धाबाट नेपाल सरकारले प्राप्त गरेको अनुदान हो । यो परियोजना नेपालमा ल्याउन विगत लामो समयदेखि धेरै दलका सरकार नेतृत्वमा रहेका र निरन्तरता दिँदै आजको अवस्थामा आइपुगेको प्रधानमन्त्री देउवाको भनाइ छ। यसलाई कानूनी प्रक्रिया पूरा गरी प्रतिस्पर्धामा गएर अनुदानका रूपमा नेपालको विकासका लागि प्रसारण लाइन बनाएर नेपालको विद्युत् उत्पादनलाई अझै बढी उत्पादनमुखी बनाउने विषयमा समेत बैठकमा सांसदले धारणा राखेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया