काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखविरुद्ध दायर गरेको रिटमा दुवै पक्षलाई झिकाउने आदेश दिएको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सो आदेश दिएको हो ।
निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध नेकपा एमालेका अध्यक्ष ओलीले भदौ १७ गते रिट दायर गरेका थिए ।
आज सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गर्दै दुवै पक्षसँग छलफल गर्न सर्वोच्चले भदौ २८ मा दुवै पक्षलाई बोलाएको जनाएको छ ।
निर्वाचन आयोगले एमालेले कारबाही गरेका सांसदहरुको सनाखत गरेको भन्दै ओलीले निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए ।
त्यस्तै सभामुख सापाकोटाले कारबाही गरेका सांसदहरुको कारबाहीलाई सदर नगरी एमाले फुटाउन वद्नियत देखाएको र लुम्बिनी प्रदेशका सभामुख घर्तीले पनि एमाले फुटाउन सहयोग गरेको भन्दै ओलीले मुद्दा दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया