यसकारण मैले महामन्त्रीमा उम्मेदवारी दिएँ : गगन थापा

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्री पदमा उम्मेद्वारी दिएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बनेपछि ४ वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरुलाई अनशन बस्नुपर्ने स्थिति आउन नदिनको लागि महामन्त्रीमा उम्मेद्वारी दिएको बताए ।

नेता थापाले पार्टीका आन्तरिक समस्याहरुलाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, सहर बनाउँछु भनेर नपत्याउने बताए ।

नेता थापाले भने, ‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर–अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिति बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो, पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्यो भने हाम्रो धेरै समस्याको हल हुन्छ, मलाई केही नेताहरुले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेका छन्, म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन ४ वर्षमा गराउँछु र अहिले जस्तो पार्टीका साथीहरुलाई पार्टी कार्यालयमा आएर अनशन बस्ने स्थिति सिर्जना गर्न दिन्न, यति मात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ, खास गरी नौजवान साथीहरुलाई मेरो अपिल छ, आह्वान छ, तपाई हामी मिलेर यस्तो कांग्रेस बनाउनुपर्नेछ, कांग्रेस नयाँ बनाउने हो तर पुरोनो दिनलाई सम्झिएर बनाउने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?