काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्को आगामी अधिवेशनको पहिलो दिन भदौ २३ गते प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाबारे गम्भीर प्रश्न उठाउने बताएका छन् ।
युवा संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सभामुख सापकोटाले राजनीतिक पक्षधरता देखाएको आरोप लगाए ।
ओलीले भने, ‘पर्सि संसद् सुरु हुँदैछ । हामीले सभामुखलाई सोध्नैपर्ने हुन्छ, सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता हो? गठबन्धनको मतियार हो ? एमालेविरुद्ध जालीझेली, साँठगाँठ गर्ने मोहरा हो ? त्यो सोध्नुपर्ने छ ।’
प्रमुख प्रतिपक्ष एमालेको विरुद्धमा सभामुख सापकोटा हिस्सेदार भएको भन्दै त्यसका बारेमा प्रश्न उठ्ने ओलीले बताएका हुन् ।
एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले एमालेप्रति पूर्वाग्रह राखेको र माओवादी अध्यक्ष पुष्पकमल दाहालको इशारामा चलेको समेत उनले आरोप लगाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया