काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतममाथि गम्भीर आरोप लगाएका छन् ।
शनिबार एमालेको काठमाडौं महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले उपप्रधानमन्त्री हुनका लागि वामदेवले पार्टी छाडेको आरोप लगाए ।
‘कसैलाई उपप्रधानमन्त्री हुनु मन लाग्यो भने निवेदन के व्यहोरामा हाल्छन् भने तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, तपाईं केपी शर्मा ओलीले पार्टीले भनेको मान्नु भएन, हामीलाई सम्मान गर्नु भएन ।‘ त्यसकारण तपाईको पार्टी छोडेँ’ गौतमको नाम नलिई उनले भने, ‘उपप्रधानमन्त्री हुन पाउँ भनेर उतातिर भने हुन्छ नि केपी शर्मा ओलीलाई गाली किन गर्ने रु’
गौतमले शुक्रबार मात्र उपाध्यक्ष र पार्टीको सबै जिम्मेवारी छाडेको भन्दै राजीनामा बुझाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया