वामदेव अस्थिरताको हिसाबले प्रचण्डको भाइजस्तै : सूर्य थापा

लोकपथ
168
Shares

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले वामदेव गौतमले एकै दिनमा तीनवटा कुरा गर्ने अस्थिर स्वभावको भएको टिप्पणी गरेका छन्।

एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि थापाले नेता गौतमलाई संकेत गर्दै फेसबुकमा लेखेका छन्, ‘उनी एकै दिनमा तीन थरी कुरा गर्थे। बिहान घरबाट निस्किँदा नेकपा (माले)को पक्षमा कुरा गर्थे। दिउँसो माओवादी बनिसक्थे। र, बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे।’

अस्थिरताको हिसाबमा नेता गौतम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाइजस्तै लाग्ने थापाले टिप्पणी गरेका छन्। एमालेबाट विभाजित बनेर माले बनेको २०५४ देखि २०५८ अवधिमा पनि उनको यस्तै अस्थिरता रहेको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?