सिरहामा ब्राउन सुगरसहित युवक पक्राउ

लोकपथ
63
Shares

सिरहा। सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका-१७ काली चौकबाट ब्राउन सुगरसहित मिर्चैया नगरपालिका-५ का  मोहमद नियाज सेखलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सेखको साथबाट १० ग्राम ५००  मिलिग्राम ब्राउन सुगर बरामद् भएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुभास बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?