गृहमन्त्री खाँड र विश्वकर्माबीच भेटवार्ता

लोकपथ
343
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच आज भेटवार्ता भएको छ ।

गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुङ्ग्याउने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल भएको बताइएको छ ।

यता विश्वकर्माले भने गृहमन्त्रीसँगको भेटमा ३ बुँदे सहमतिको कार्यान्वयन, नेकपाका वन्दी नेता÷कार्यकर्ताको रिहाई, दार्चुला तुईन घटना, एमसिसी र देशको राजनीतिक परिस्थितिबारे भेटवार्ता भएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?